|  

गोकुल बाँस्कोटाको कटाक्षः नयाँ जोगीले साह्रै खरानी उडायो

८ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन शाहको प्रस्तावित भारत भ्रमण र अर्थमन्त्री स्वर्णिम वाग्लेको अभिव्यक्तिलाई लिएर कटाक्ष गरेका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै बाँस्कोटाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सीमा विवादको विषय उठ्छ कि उठ्दैन भन्ने प्रश्न गरेका छन्। उनले ‘नयाँ जोगीले साह्रै खरानी उडायो’ भन्दै व्यङ्ग्यसमेत गरेका छन्।

अर्थमन्त्री वाग्लेको हालैको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बाँस्कोटाले त्यसलाई ‘राष्ट्रघात’ को संज्ञा दिएका छन्।

प्रधानमन्त्री बालेन शाहले विगतमा ‘ग्रेटर नेपाल’ को नक्सा टाँगेको प्रसङ्ग उल्लेख गर्दै बाँस्कोटाले भारत भ्रमणका क्रममा सीमा विवादको विषय उठाउने अपेक्षा व्यक्त गरेका छन्।