|  

भोलिदेखि शुरु हुने एनपीएलको सबै तयारी पूरा

८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भोलिदेखि शुरु हुने प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीले खेल्दैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिता मंसिर ५ गतेसम्म चल्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा गएको संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । भोलि बेलुकी ५ बजे शुरु हुने खेलसँगै तेस्रो संस्करणको औपचारिक शुरुवात हुनेछ ।