८ कात्तिक, काठमाडौं । धनुषामा पारिवारिक विवादका क्रममा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। घटनापछि फरार भएका श्रीमान् पनि झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। घटनामा उनीहरूका चार वर्षीय छोरा गम्भीर घाइते भएका छन्।
जिल्लाको मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वर मौवाहीस्थित ससुरालीमा शनिबार राति करिब ९ बजे घटना भएको हो। गणेशमान चारनाथ नगरपालिका–४, भरतपुर निवासी ३५ वर्षीय उमेश यादवले ३० वर्षीया श्रीमती रिना यादव र चार वर्षीय छोरा सम्राट यादवमाथि धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
हतियार प्रहारबाट रिनाको घटनास्थलमै मृत्यु भएको थियो। बालक सम्राटको दाहिने तिघ्रामा गहिरो चोट लागेको छ। स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेश कुमार शर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनामा प्रयोग भएको चक्कुसमेत बरामद गरेको छ।
घटनापछि फरार भएका उमेशको खोजी गर्ने क्रममा घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम सिर्सिया जाने बाटोछेउमा रहेको आँपको रूखमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar