|  

दसैंपछि तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

८ कात्तिक, काठमाडौं ।  साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा ११ हजार ७ सय रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला  २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत सोमबार २ लाख ९० हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यता चाँदी पनि तोला २३० रुपैयाँले घटेर प्रतितोला ३ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।