|  

धनगढीमा एनसेल टावरको जेनेरेटरका पाटपुर्जा चोरी गर्दै गरेका दुई भारतीय पक्राउ

८ कात्तिक, काठमाडौं ।   कैलालीको धनगढीमा एनसेल टावरको जेनेरेटरका पाटपुर्जा चोरी गरिरहेको अवस्थामा दुई भारतीय नागरिक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१३, मोहनपुरस्थित एनसेल टावरमा आइतबार बिहान करिब ३ बजे चोरी गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा भारतको खिरी जिल्लाका २६ वर्षीय अम्मर कस्यर र १५ वर्षीय सचिन कुमार रहेका छन्।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।