|  

स्वर्णिम वाग्लेको अभिव्यक्ति नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन होः कमल थापा

८ कात्तिक, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा व्यक्त गरेको धारणाको विरोध गरेका छन् ।

‘नेपाल–भारत सम्बन्धका सन्दर्भमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिनुभएको अभिव्यक्ति आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन हो’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

अर्थमन्त्री डा. वाग्ले भारत भ्रमणमा छन् । भ्रमणका क्रममा भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै उनले नेपाली राष्ट्रवादलाई भारतको विरोधका रूपमा बुझ्ने युगको अन्त्य भएको बताएका थिए ।