०८ कात्तिक,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले सार्वजनिक भएको विवादित अडियोमा आफ्नो आवाज नरहेको दाबी गर्दै पार्टीको अनुशासन आयोगमा लिखित इन्कारी पत्र बुझाएका छन्।
सुनार र एक महिलाबीच भएको भनिएको संवाद सार्वजनिक भएपछि रास्वपाले गठन गरेको छानबिन समितिसमक्ष उनले अडियो एआई प्रविधिबाट बनाइएको दाबी दोहोर्याएका हुन्। छानबिन समिति संयोजक हरिचन्द्र भट्टराईका अनुसार सुनारले आरोप अस्वीकार गरेपछि समितिले स्वतन्त्र प्रमाण संकलन र अडियोको प्राविधिक परीक्षण प्रक्रिया अघि बढाएको छ। समितिले जनआस्थाबाट सम्पादनअघिको अडियो प्राप्त गरेको छ भने महिलाको अन्तर्वार्ताको अडियो माग्दै न्युज २४ लाई पत्राचार गरेको छ।
प्राविधिक परीक्षणपछि सुनारसँग थप सोधपुछ गरिने समितिले जनाएको छ। छानबिन टुंगो नलागेसम्म रास्वपाले सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar