|  

भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि

८ कात्तिक, काठमाडौं ।  भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता भएका कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्येष्टि गरिएको छ ।

दुई महिनासम्म पनि उनको अवस्था पत्ता नलागेपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको हो।भीमदत्त नगरपालिका–८ निवासी चन्द नेपाली सेनामा अमलदार पदमा कार्यरत थिए ।

नेपाली सेनामा २०७० सालमा भर्ना भएका उनी रसुवास्थित शिवनाथ गणको मैलुङ पोस्टमा कार्यरत रहँदा भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका थिए।

आइतबार नेपाली सेनाले उनलाई अन्तिम सलामी दिएपछि भुजेला आर्यघाटमा अन्त्येष्टि गरिएको हो।