|  

दसैंको अन्तिम दिन मान्यजनबाट टीका र आशीर्वाद थाप्नेको चहलपहल

०८ कात्तिक, काठमाडौं । कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार काठमाडौं उपत्यकामा चहलपहल बढेको छ।

दसैंको टीका लगाउने र मान्यजनबाट आशीर्वाद लिने अन्तिम दिन भएकाले सडकमा आफन्तको घर जानेहरूको आवतजावत बाक्लिएको हो। विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका लगाउने र आशीर्वाद थाप्ने क्रम कोजाग्रत पूर्णिमासम्म चल्छ। यससँगै दसैं मनाउन उपत्यकाबाहिर गएका यात्रुहरू फर्किन थालेपछि पनि काठमाडौंको चहलपहल बढेको छ। कोजाग्रत पूर्णिमासँगै यस वर्षको दसैं औपचारिक रूपमा समापन हुँदैछ।