|  

एनपीएलका कारण त्रिवि प्रवेशमा कडाइ, परिचयपत्र अनिवार्य

०८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का खेल सञ्चालन हुने भएपछि त्रिभुवन विश्वविद्यालयले परिसरमा प्रवेश गर्ने प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई परिचयपत्र अनिवार्य रूपमा साथमा राख्न आग्रह गरेको छ।

कीर्तिपुरस्थित विश्वविद्यालय क्याम्पसको प्रिन्सिपल कार्यालयले आइतबार सूचना जारी गर्दै परिचय खुल्ने कागजात साथमा लिएर मात्रै परिसरमा प्रवेश गर्न अनुरोध गरेको हो। त्रिवि क्रिकेट रंगशालामा कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म एनपीएलको तेस्रो संस्करणका खेल सञ्चालन हुँदैछन्। खेल अवधिमा विश्वविद्यालय परिसरमा प्रवेश गर्ने व्यक्तिको पहिचान सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको विश्वविद्यालयले जनाएको छ।