|  

कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा नवदुर्गा मन्दिरमा दर्शन

०८ कात्तिक,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा भक्तपुरस्थित प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना गरेका छन्।

आइतबार प्रथम महिला सविता पौडेलसहित मन्दिर पुगेका राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्तिको दर्शन गर्नुका साथै पुजारी, नाइके र देवगणलाई दक्षिणा प्रदान गरेका थिए। सो अवसरमा परम्परागत नृत्यसमेत प्रस्तुत गरिएको थियो। मन्दिरका मूल नाइकेले राष्ट्रपति पौडेललाई तलेजु मन्दिरबाट ल्याइएको टीका तथा प्रसाद प्रदान गरेका थिए। दसैँको अन्तिम दिन राष्ट्रप्रमुखले नवदुर्गा मन्दिरमा पूजाअर्चना गर्ने परम्परा रहिआएको छ।