०८ कात्तिक, काठमाडौं । सुनसरीको बराहक्षेत्र मन्दिरबाट भोजपुरको त्रिवेणीतर्फ जाँदै गरेको मोटरबोट आइतबार सप्तकोशी नदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन्।
दुर्घटनामा परेका १२ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विक्रम भट्टराईका अनुसार मोटरबोटमा १९ जना सवार थिए। मृतक तीनै जनाको शव चतरा अस्पतालमा राखिएको छ भने बेपत्ताको खोजी जारी छ। प्रारम्भिक अनुमानमा सुरक्षा मापदण्ड पालना नगर्दा दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ। स्थानीयले सञ्चालकले प्रशासनको अनुमति नलिई मोटरबोट चलाएको र क्षमताभन्दा बढी यात्रु चढाएको आरोपसमेत लगाएका छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar