|  

नेपाली क्रिकेटको महाउत्सव एनपीएलको तेस्रो संस्करण आजदेखि

९ कात्तिक, काठमाडौं । नेपाली क्रिकेटको महाउत्सव नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि शुरु हुँदैछ ।

प्रतियोगिताको उदघाटन खेलमा गएको संस्करणका फाइनलका प्रतिष्पर्धी लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । आज बेलुकी ५ बजे शुरु हुने खेलसँगै तेस्रो संस्करणको औपचारिक शुरुवात हुनेछ ।

तेस्रो संस्करणमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र काठमाण्डौ गोर्खाज गरी आठ टोली सहभागी हुनेछन् ।