|  

एनपीएलको उद्घाटनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने

९ कात्तिक, काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने भएका छन् ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने प्रतियोगिताको सफलताका लागि उनले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका छन्।

प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय खेलाडी, कमेन्टेटर, नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ ९क्यान० लाई स्वागत र शुभकामना दिँदै ‘नेपाली क्रिकेट अमर रहोस्’ भनेका छन्।

एनपीएलको उद्घाटन खेलमा आज साँझ ५ बजे साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।