|  

बर्दियामा छोराको कुटपिटबाट बुवाको मृ#त्यु

९ कात्तिक, काठमाडौं । बर्दियाको राजापुर नगरपालिका–३ मा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ।

आइतबार राति ११ बजे छोरा राजेन्द्रको कुटपिटबाट ५५ वर्षीय कालुराम थारु गम्भीर घाइते भएका थिए।

स्थानीय स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पुर्‍याइएका थारुलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनामा संलग्न छोरा राजेन्द्रलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको जनाएको छ।