|  

कांग्रेस सभापति गगन थापा स्याङ्जा जाँदै

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज स्याङ्जा जाने भएका छन् ।

बिरुवा गाउँपालिका–७ गहतेस्थित नवनिर्मित मनकामना मन्दिर उद्घाटन गर्न थापा स्याङ्जा जान लागेका हुन् ।

सभापति थापाले नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट तथा सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ ।