|  

सिरहा गोलबजारका वडाध्यक्ष सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ

९ कात्तिक, काठमाडौं ।  सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन् । उनलाई आइतबार राति गोलबजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गत साउन १४ गते गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटनामा संलग्न रहेको आरोपमा अनवरविरुद्ध जाहेरी परेको थियो।

‘हिन्दु सम्राट सेना’का केही व्यक्तिले दिएको जाहेरीका आधारमा प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरेको थियो।

प्रहरीका अनुसार अनवर घटनापछि विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए। सोही घटनासम्बन्धी अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो।