|  

ब्राजिलः बोल्सोनारोले गरे लूलाको जित अस्वीकार, चुनाव खारेजीको माग

९ कात्तिक, काठमाडौं ।  ब्राजिलमा निर्वाचन परिणामप्रति असन्तुष्टि जनाउँदै पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोले नवनिर्वाचित राष्ट्रपति लुइस इनासियो लूला डा सिल्भाको जित अस्वीकार गरेका छन्।

उनले चुनावी नतिजा तत्काल खारेज गर्न माग गर्दै परिणामलाई ‘असम्भव’ र ‘सोच्नै नसकिने’ बताएका छन्।लूलाविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएका फ्लाभियोले आफ्नो जितप्रति विश्वास व्यक्त गरेका थिए।

उनका पिता जाइर बोल्सोनारोले पनि सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा पराजय स्वीकार गर्न अस्वीकार गरेका थिए। हाल जाइर बोल्सोनारो घरमै नजरबन्दमा छन्।