|  

इलाममा जिप दुर्घटना हुँदा चालकको मृ#त्यु

९ कात्तिक, काठमाडौं ।  इलामको देउमाई नगरपालिका–१ चमैतामा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

चौरीबजार जाँदै गरेको बोलेरो जिप अनियन्त्रित भई सडकबाट खस्दा २१ वर्षीय चालक विपिन दियालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।