|  

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? 

९ कात्तिक, काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा  ३ हजार रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला  २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि तोलामा  ४० रुपैयाँले बढेर प्रतितोला ३ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।