|  

मन्त्रीलाई भेट्न जनता होइन, जनतालाई भेट्न मन्त्री जानुपर्छः प्रतिभा रावल

९ कात्तिक, काठमाडौं ।  भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनताका समस्या सुन्न र सरकारी कामबारे जानकारी दिन मन्त्री आफैँ जनतामाझ पुग्नुपर्ने बताएकी छन्।

भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भूमिहीन नागरिक र सहकारी पीडितका समस्या समाधानका लागि आफू चितवन आएको बताइन्।

मन्त्री रावलका अनुसार भूमिहीनलाई जग्गाको स्वामित्व दिलाउने र समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने विषय सरकारको प्राथमिकतामा छन्।

सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै उनले यसलाई थप तीव्रता दिने बताइन्।