|  

बबरमहलको आकासे पुल यसै साता सञ्चालनमा आउने

०९ कात्तिक,काठमाडौं । काठमाडौंको बबरमहलमा निर्माणाधीन आकासे पुल यसै साताभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

पैदलयात्रुको सुरक्षा र सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले निर्माण गरिएको पुलको काम अन्तिम चरणमा पुगेको हो। सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख सुबोध देवकोटाका अनुसार पुलको निर्माण कार्य लगभग सम्पन्न भएकाले केही दिनमै सर्वसाधारणका लागि खुला गरिनेछ। सवारीसाधनको चाप बढी हुने बबरमहल क्षेत्रमा पुल सञ्चालनमा आएपछि पैदलयात्रुलाई सुरक्षित रूपमा सडक पार गर्न सहज हुने अपेक्षा गरिएको छ।

२०८२ फागुन २१ गते सम्झौता भई निर्माण सुरु भएको पुलको लागत दुई करोड ५२ लाख ४५ हजार ९५३ रुपैयाँ रहेको छ। पुल निर्माणको जिम्मा हेटौंडास्थित हाइटेक इन्जिनियरिङ वर्क्स प्रालिले पाएको हो।