|  

बंगालको खाडीमा विकसित प्रणाली शक्तिशाली चक्रवातमा परिणत

९ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएको छ।

‘अर्नब’ नाम दिइएको उक्त चक्रवातको प्रभावले नेपालमा बिहीबारदेखि वर्षा हुने सम्भावना छ।भारतीय मौसम विज्ञान विभाग (आईएमडी)ले सोमबार बिहान नेपाली समयअनुसार ५ः३० बजे उक्त प्रणालीलाई चक्रवातका रूपमा पुष्टि गरेको हो।

चक्रवातले मंगलबार मध्याह्नतिर भारतको आन्ध्र प्रदेश र ओडिशाको तटीय क्षेत्रमा प्रभाव पार्ने अनुमान गरिएको छ। त्यसपछि उक्त प्रणाली भारतका अन्य वर्षा गराउने प्रणालीसँग मिसिँदै उत्तरतर्फ,नेपालतर्फ अघि बढ्ने सम्भावना रहेको छ ।

बुधबार रातिसम्म उक्त प्रणाली नेपालमा प्रवेश गर्न सक्ने र बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुन सक्ने देखिएको छ।