|  

एलपी ग्यासको चरम अभाव, एउटै सिलिन्डरको मूल्य ७ हजार

९ कात्तिक, काठमाडौं ।  पाकिस्तान र इरानबीचका दुई प्रमुख सीमा नाका बन्द भएपछि पाकिस्तानमा तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) को आयात ठप्प भएको छ ।

आपूर्ति रोकिएसँगै ग्यासको अभाव बढेको छ भने १२ किलोको सिलिन्डरको मूल्य ४ हजार ५०० बाट बढेर ७ हजार पाकिस्तानी रुपैयाँ पुगेको छ।

गत अक्टोबर १७ देखि गाब्द–रिमदान र ताफ्तान नाका बन्द छन्। पाकिस्तानले सुरक्षा र तस्करी नियन्त्रणलाई कारण देखाएको छ भने इरानले प्राविधिक समस्याका कारण नाका बन्द भएको जनाएको छ।

पाकिस्तानले इरानबाट दैनिक करिब एक हजार मेट्रिक टन एलपीजी आयात गर्दै आएको थियो। नाका बन्द भएपछि ग्यास बोकेका सयौँ ट्याङ्कर सीमामा रोकिएका छन्।

साथै, आलु, केरा र चामल बोकेका एक हजारभन्दा बढी पाकिस्तानी कन्टेनर पनि अलपत्र परेका छन्।