|  

उदयपुरमा बोलेरो दुर्घटना, १५ जना घाइते

०९ कात्तिक, काठमाडाैं । उदयपुरको कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

प्रहरीका अनुसार ब्रेक फेल भएर प्र.३-०१-०२३ च ६५०६ नम्बरको जिप सडकबाट करिब १० मिटर तल खसेको हो। घाइतेहरूको कटारी अस्पतालमा उपचार भइरहेको छ भने ७१ वर्षीय रामबहादुर मगरलाई थप उपचारका लागि विराटनगर पठाइएको छ। दुर्घटनापछि प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।