|  

साउदीका तेल केन्द्र र विमानस्थलमा आक्रमण गरेको हुथीहरूको दाबी

०९ कात्तिक, काठमाडाैं ।  यमनका इरानसमर्थित हुथी विद्रोहीहरूले साउदी अरेबियाका तेल पम्पिङ स्टेसन र रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गरेको दाबी गरेका छन्।

सोमबार जारी वक्तव्यमा हुथीहरूले तेल संरचनामा ड्रोन र विमानस्थलमा बलिस्टिक मिसाइल प्रहार गरेको बताएका छन्। यसअघि विमानस्थलमा भएको आक्रमणमा १३ जनाको मृत्यु भएपछि आइतबार मात्रै दुईवटा टर्मिनलबाट उडान सेवा पुनः सञ्चालन गरिएको थियो।

यसैबीच, साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनको राजधानी सानामा हुथीका दुई मिसाइल लन्चर नष्ट गरेको र रियादतर्फ प्रहार गरिएको अर्को मिसाइल निष्क्रिय पारेको जनाएको छ। आक्रमणले विश्वव्यापी तेल आपूर्तिमा असर पर्ने र क्षेत्रीय तनाव थप बढ्ने चिन्ता बढेको छ। यद्यपि, पछिल्लो आक्रमणबारे साउदी सरकारले आधिकारिक पुष्टि गरेको छैन।