|  

भोटेकोशी बाढी र जलवायु प्रभाव अध्ययन गर्न संसदीय समितिको काम सुरु

०९ कात्तिक, काठमाडाैं । हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली बाढीको अध्ययन गर्न गठित संसदीय विशेष समितिले नौवटा कार्यादेश बनाएर काम थालेको छ।

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको संयोजकत्वमा गठित १५ सदस्यीय समितिले तीन महिनाभित्र अध्ययन प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्नेछ। प्रतिवेदनमा बाढी प्रभावितको पुनःस्थापना, दिगो पुनर्निर्माण, जोखिम न्यूनीकरण तथा कानुनी र संस्थागत सुधारका सुझाव समेटिनेछन्। समितिले असोज २३ गते सरकारलाई तत्काल सम्बोधन गर्नुपर्ने विषयमा चारबुँदे सुझावसमेत दिएको छ। बाढी प्रभावित क्षेत्रको अनुगमन गर्दा राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि कानुन संशोधन आवश्यक देखिएको समितिका संयोजक पराजुलीले बताएका छन्।

समितिले अध्ययनका लागि विषयविज्ञ, जलवायु क्षेत्रमा कार्यरत संस्थाहरू र विभिन्न मन्त्रालयसँग छलफल अघि बढाएको छ।

NaRaNaeYa_page-0001NaRaNaeYa_page-0002NaRaNaeYa_page-0003NaRaNaeYa_page-0004