०९ कात्तिक, काठमाडाैं । तेस्रो संस्करणसम्म आइपुग्दा नेपाल प्रिमियर लिग (एनपिएल) विश्व क्रिकेटकै उत्कृष्ट फ्रेन्चाइज क्रिकेट लिगमध्ये एक बनिसकेको छ ।
एनपिएलको पहिलो र दोस्रो संस्करणले पाएको सफलताले नेपाली क्रिकेटको विकास, खेल पूर्वाधारमा लगानी बढ्नुका साथै आर्थिक गतिविधिको विस्तारमा समेत महत्वपूर्ण योगदान पु¥याएको छ । नेपाल प्रिमियर लिगले नै नेपाली क्रिकेटको जग बलियो बनाउन महत्वपूर्ण सहयोग गरेका खेल समर्थकहरुको अनुभव छ । लिगमा चर्चित विदेशी खेलाडीहरुको सहभागिता र नयाँ प्रविधिको प्रयोगले नेपाली क्रिकेटलाई विश्वमाझ चिनाउनुका साथै खेलको निष्पक्षतामाथि समेत महत्वपूर्ण सहयोग गरिरहेको उनीहरुको भनाइ छ । क्रिकेट समर्थक जगदीश जैशीले एनपिएलले नयाँ पुस्तालाई क्रिकेटप्रति आकर्षित गर्नुका साथै मुलुकको समग्र खेल क्षेत्रको विकासमा समेत सहयोग गरिरहेको बताउनु भयो । उहाँले एनपिएलले नयाँ पुस्तालाई क्रिकेट खेललाई पेसाकै रुपमा अगाडि बढाउन प्रोत्साहन गरेको पनि बताउनु भयो । उहाँले एनपिएल र नेपाली क्रिकेट क्षेत्रको विकासमा विभिन्न व्यक्तिको मेहनत र योगदान रहेको पनि बताउनु भयो ।उहाँले भन्नुभयो, ‘नेपालको क्रिकेट क्षेत्रले छोटो समयमा नै ठूलो फाड्को मार्न सफल भएको छ । अहिले नेपाल प्रिमियर लिगको तेस्रो सिजनसम्म आइपुग्दा नयाँ नयाँ प्रविधिहरु पनि भित्रिएका छन् । विदेशी स्टार प्लेयर पनि आउनुभएको छ । यो सानो प्रयासले मात्र सफल भएको होइन । यसको पछाडि धेरै व्यक्तित्वहरुले दुःख र मेहेनत गर्नुभएको छ । यसले नयाँ पुस्तालाई खेलप्रति आकर्षित गर्नुका साथै मुलुकको आर्थिक क्षेत्रमा खेल क्षेत्रको योगदान समेत वृद्धि गरिरहेको छ ।’
क्रिकेट समर्थक रियान तामाङले अन्तर्राष्ट्रिय समुदायको ध्यान नेपाली क्रिकेटतर्फ आकर्षित गर्नु नै एनपिएलको सफलता भएको बताउनु भयो । उहाँले विदेशी खेलाडीले नेपालमा खेलेको अनुभव सकारात्मक रूपमा अन्तर्राष्ट्रियस्तरमा प्रश्तुत गरे नेपाली क्रिकेटको विकास र अवसर विस्तारमा सहयोग अझै सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले एनपिएललाई क्रिकेट प्रतियोगिताको रुपमा मात्र नभई नेपालको पर्यटन क्षेत्रलाई समेत समानान्तर रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘एनपिएलले अन्तर्राष्ट्रिय समूदायको समेत ध्यान आकर्षित गरेको छ । अहिले नयाँ नयाँ प्रविधि र चर्चित विदेशी खेलाडीहरुको आगमनले पनि नेपाली क्रिकेटले चर्चा पाएको छ । विदेशी खेलाडीले सकारात्मक सन्देश लिएर जानुभयो भने अगामी दिनमा नेपाली क्रिकेटमा विकास र अवसरमा समेत वृद्धि हुनेछ ।’
अर्का क्रिकेट समर्थक नारायण आचार्यले एनपिएलपछि खेल पूर्वाधारमा भइरहेको विकास, निजी क्षेत्रको लगानी र ग्रासरुटबाट आएका प्रतिभाले पाएका अवसरलाई नेपाली क्रिकेटको विकाससँग जोडेर हेर्नुपर्नेमा जोड दिनुभयो । विदेशी स्टार खेलाडीको सहभागिताले नेपाली खेलाडीको खेल कौशल र प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धिमा सहयोग पुगिरहेको उहाँको भनाइ छ । उहाँले क्रिकेटमा निजी क्षेत्रको सहभागिता बढ्दा खेल गतिविधिसँगै मुलुकको आर्थिक तथा पयर्टन क्षेत्रको विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली क्रिकेटको विकासको जग हाल्ने काम नै एनपिएलले गरेको छ । एनपिएल शुरु भइसकेपछि खेल पूर्वाधारमा भइरहेको विकास र लगानी तथा ग्रासरुटबाट आएका प्रतिभाहरुले पाएको अवसरले पनि क्रिकेट क्षेत्रको विकास झल्किन्छ । विदेशका स्टार खेलाडी आएर हाम्रो लिगमा खेल्ने कुराले नै हाम्रो खेलको स्तर बढेको हो भन्ने बुझ्नुपर्छ । यसले हाम्रो खेलाडीको खैल कौसलमा समेत गुणस्तर बढेको छ । पछिल्लो समय क्रिकेट क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढेको कारण देशको आर्थिक क्षेत्र नै चलायमान हुन पाएको छ जस्तो मलाई लाग्छ ।’ एनपिएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सोमवार डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।–न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar