|  

एनपीएलमा आज दुई खेलः विराटनगर-चितवन र कर्णाली-जनकपुर भिड्दै

१० कात्तिक, काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुनेछन् भने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल मध्याह्न १२ः३० बजे सुरु हुनेछ। विराटनगर किंग्स र चितवन राइनोज दुवै टोली जितको लक्ष्यसहित मैदानमा उत्रनेछन् ।

आजै साँझ ५ बजे दोस्रो खेल हुनेछ। उक्त खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।