|  

ललितपुरको छम्पीमा राँगा बोकेको ट्रक दुर्घटना, पाँचवटा मरे

१० कात्तिक, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–९, छम्पीस्थित होली ट्याम्पलमा राँगा बोकेको ट्रक दुर्घटना हुँदा पाँचवटा राँगा मरेका छन्।

छम्पीबाट भैंसेपाटीतर्फ जाँदै गरेको ना.५ ख ३९२० नम्बरको ट्रक सडक किनारमा दुर्घटनाग्रस्त भएको हो। ट्रक सडक किनारमा कोल्टे परेको अवस्थामा रहेको छ।

उक्त ट्रकमा २७ वटा राँगा लोड गरिएको थियो। दुर्घटनामा पाँचवटा राँगा मरेका छन् भने बाँकी राँगाको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।

दुर्घटनापछि ट्रक चालक फरार भएका छन्। प्रहरीले फरार चालकको खोजी गरिरहेको जनाएको छ।

दुर्घटना हुनुको कारणबारे थप विवरण आउन बाँकी छ।