|  

पछिल्लो २४ घण्टामा काठमाडौँबाट ८७ जना पक्राउ

१० कात्तिक, काठमाडौं । प्रहरीले काठमाडौं जिल्लाका विभिन्न स्थानबाट ८७ जनालाई पक्राउ गरेको छ।

स्विप अपरेसन सञ्चालन गर्नुका साथै फरार रहेका व्यक्तिहरूको खोजी गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कात्तिक ९ गते बिहानदेखि कात्तिक १० गते बिहान ६ बजेसम्म सञ्चालन गरिएको स्विप अपरेसनका क्रममा ७५ जना पक्राउ परेका हुन्।

स्विप अपरेसनका क्रममा पक्राउ परेकाहरूको आपराधिक पृष्ठभूमि र विवरण जाँच गरी मुद्दा चलाउने वा रिहा गर्ने भन्नेबारे निर्णय गरिने प्रहरीले जनाएको छ।