|  

सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्णः बाबुराम

१० कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चाडपर्व सकिएलगत्तै सरकार परिवर्तनको चर्चा चल्नु चिन्ताजनक भएको बताएका छन्।

मंगलबार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा कार्यकाल काम गर्न दिनुपर्ने बताएका हुन्।

विगतमा पटकपटक सरकार परिवर्तन हुँदा त्यसको नकारात्मक असर देखिएको उल्लेख गर्दै उनले पुरानै प्रवृत्ति दोहोर्‍याउँदा राजनीतिक अस्थिरता, आर्थिक संकट र युवा पलायन बढ्ने चेतावनी दिएका छन्।