|  

साउदीमा नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

१० कात्तिक, काठमाडौं । साउदी अरबमा क्षेप्यास्त्र र ड्रोन आक्रमणको जोखिम बढेपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

दूतावासले सोमबार जारी गरेको सूचनामा सुरक्षा चेतावनी जारी भएका बेला बाहिर ननिस्कन, साउदीका आधिकारिक निकायबाट जारी सूचनाहरू नियमित रूपमा हेर्न र सुरक्षा निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ।

यमनका हुथी विद्रोही र साउदी अरबबीच द्वन्द्व चर्किरहेका बेला साउदीका विमानस्थल, तेल पूर्वाधार तथा अन्य महत्त्वपूर्ण स्थानमा क्षेप्यास्त्र र ड्रोन आक्रमणका घटना भएका छन्।

मंगलबार साउदी नेतृत्वको गठबन्धनले पूर्वी र दक्षिणी क्षेत्रमा लक्षित तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र र चारवटा ड्रोन रोकेको जनाएको छ।

कहाँ सम्पर्क गर्ने

नेपाली राजदूतावास, रियाद

फोन: 0114611108, 0112883795

मोबाइल/ह्वाट्सएप: +966559389600, +966535692658

इमेल: [email protected]

नेपाली महावाणिज्यदूतावास, जेद्दा

फोन: 0126226665, 0126226683

मोबाइल/ह्वाट्सएप: +966535024169, +966559744253, +966531328957