|  

एनपीएललाई लक्षित गर्दै टेलिकमले ल्यायो अनलिमिटेड प्याक, ३३३ मिनेट कलसँगै प्रतिदिन ८ जीबी डेटा

१० कात्तिक, काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ।

कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ५९९ रुपैयाँमा उक्त प्याकेज उपलब्ध गराएको हो। प्याकेजअन्तर्गत ३३३ मिनेट अल–नेट भ्वाइस कल गर्न सकिनेछ भने प्रतिदिन ८ जीबी डेटा उपलब्ध हुनेछ।

नेपाल टेलिकमका अनुसार उक्त प्याकेज मंगलबारदेखि आगामी ५ मंसिर २०८३ सम्म खरिद गर्न सकिनेछ। प्याकेजको भ्यालिडिटी ३० दिनको हुनेछ।