|  

ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान

१० कात्तिक, काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्।

संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग ९यूएन ईएससीएपी० द्वारा आयोजित सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ।

त्यस्तै, थाइल्याण्ड, नेपाल र यूएन ईएससीएपीको संयुक्त आयोजनामा बिहीबार हुने ‘सगरमाथादेखि सागरसम्म स् एसिया–प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी–त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई पनि उनले सम्बोधन गर्नेछन्।

सम्मेलनका क्रममा मन्त्री श्रेष्ठले विभिन्न देशका मन्त्रीहरूसँग साइडलाइन वार्ता गर्ने कार्यक्रम रहेको छ। उनले विपद् पूर्वसूचना प्रणाली, क्षेत्रीय स्याटेलाइटको निःशुल्क प्रयोग तथा जलवायु क्षतिपूर्तिका विषय उठाउने बताइएको छ।

मन्त्री श्रेष्ठसँगै नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला तथा जलवायु, विपद् उत्थानशीलता र अन्तर्राष्ट्रिय विकास विज्ञ एवं वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका बोर्ड सदस्य अंकिता शाह पनि भ्रमण टोलीमा सहभागी छन्।