|  

टाढिएका मतदाता फर्काउन मंसिरभर संवाद अभियान चलाउने गगन थापाको प्रस्ताव

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका मतदाता र परिवारलाई पुनः जोड्न मंसिर महिनाभर देशव्यापी संवाद अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।

मंगलबार बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले पछिल्ला निर्वाचनमा कांग्रेसलाई मत नदिएका दुई लाखभन्दा बढी परम्परागत मतदातासँग संवाद गर्नुपर्ने बताएका हुन्। थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धापछि उत्पन्न मनमुटाव अन्त्य गरी सबै योग्य नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए। पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई संयोजन गर्न सके पार्टी बलियो बन्ने उनको भनाइ थियो। उनले कांग्रेसबाट टाढिएका मतदातालाई आलोचना गर्नुको सट्टा उनीहरूको घरमै पुगेर गुनासा सुन्न र प्रश्नको जवाफ दिनुपर्ने बताए।

थापाले विगतका कमजोरी स्वीकार्दै सुशासन र शासकीय सुधारमा ध्यान दिनुपर्ने उल्लेख गरे। लोकतन्त्रको रक्षा गर्नुका साथै जनतालाई परिणाम दिने गरी काम गर्नुपर्ने उनको भनाइ थियो।