|  

एनपीएलको प्रसारण तीन भाषामा, जनकपुरको खेलमा मैथिली कमेन्ट्री

१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरू यसपटक तीन भाषामा प्रत्यक्ष प्रसारण हुने भएका छन्।

प्रतियोगिताको आधिकारिक प्रसारक हिमालय टेलिभिजन नेटवर्कले नेपाली, अङ्ग्रेजी र मैथिली भाषामा कमेन्ट्री सुन्न सकिने व्यवस्था गरेको हो। नेटवर्कका अनुसार नेपाली भाषाको कमेन्ट्री हिमालय टिभी र अङ्ग्रेजी भाषाको कमेन्ट्री हिमालय स्पोर्ट्स च्यानलबाट प्रसारण हुनेछ। मैथिली भाषाको कमेन्ट्री भने जनकपुर बोल्ट्सले खेल्ने दिनमा मात्र हिमालय स्पोर्ट्स २ च्यानलमार्फत उपलब्ध हुनेछ।

एनपीएलमा पहिलोपटक मैथिली भाषामा समेत कमेन्ट्रीको व्यवस्था गरिएको नेटवर्कले जनाएको छ। बहुभाषिक प्रसारणले विभिन्न भाषिक समुदायका क्रिकेटप्रेमीलाई प्रतियोगितासँग जोड्न र खेलको अनुभव थप सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।