|  

एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

११ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज एउटा खेल हुँदैछ ।

आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा अपराह्न साढे ४ बजेपछि हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् ।

सुदूरपश्चिमको यो दोस्रो खेल हो भने पोखराको पहिलो खेल हो ।