|  

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

११ कात्तिक, काठमाडौं । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढेपछि अध्यागमन विभागले कात्तिक १२, १३ र १४ गते तीन दिन पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको छ।

विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले सूचना जारी गर्दै उक्त अवधिमा जोखिमयुक्त निषेधित क्षेत्रमा पदयात्रा अनुमति जारी नगरिने जनाएका छन्।

यसअघि नै सम्बन्धित क्षेत्रमा पुगेका पर्यटकलाई सुरक्षित स्थान वा आश्रयस्थलमा बस्न आग्रह गरिएको छ।