|  

भेनेजुएलालाई अमेरिकाको ५१औँ राज्य बनाउने ट्रम्पको प्रस्ताव

११ कात्तिक, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलालाई अमेरिकाको समृद्ध ५१औँ राज्य बनाउन सकिने बताएका छन् ।

टेक्सासमा रिपब्लिकन उमेदवारहरूको पक्षमा चुनावी प्रचार गर्ने क्रममा मंगलबार उनले भेनेजुएलाबाट भइरहेको तेल आपूर्तिको प्रशंसा गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

अमेरिकी मिडिया ‘द हिल’का अनुसार ट्रम्पले भेनेजुएला समृद्ध देश बन्ने र भविष्यमा अमेरिकाको ५१औँ राज्य बन्न सक्ने बताए ।

उनले त्यसो भए राष्ट्रपतिको सट्टा गभर्नरका लागि चुनाव गर्नुपर्ने टिप्पणी समेत गरे । यसअघि ट्रम्पले भेनेजुएलाले अमेरिकालाई उपहारस्वरूप १० लाख ब्यारेल कच्चा तेल पठाएको बताएका थिए । उक्त तेल टेक्सासका रिफाइनरीमा प्रशोधन गरिने जनाइएको छ ।