|  

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? 

११ कात्तिक, काठमाडौं ।  साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ९ सय रुपैयाँले बढेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला ३ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।