|  

मलेसियाद्वारा सबै नेपाली म्यानपावरलाई कामदार पठाउन दिने प्रस्ताव अस्वीकार

११ कात्तिक, काठमाडौं ।  मलेसिया सरकारले नेपालका सबै इजाजतप्राप्त म्यानपावर कम्पनीलाई कामदार पठाउन दिने नेपालको प्रस्ताव अस्वीकार गरेको छ।

मलेसियाको मानव संसाधन मन्त्रालयले पत्र पठाउँदै सीमित म्यानपावर कम्पनीमार्फत मात्रै नेपाली कामदार भर्ना गर्ने पुरानै नीति कायम राख्ने जनाएको छ।

नेपालले १ हजार ११४ वटा सक्रिय म्यानपावर कम्पनीलाई मलेसियाको एफडब्लुसीएमएस प्रणालीमा आबद्ध गराउन आग्रह गरेको थियो।

तर, मलेसियाले २५ वटा मुख्य म्यानपावर कम्पनी र प्रत्येकअन्तर्गत १० वटा सहयोगी कम्पनीमार्फत मात्रै कामदार भर्ना गर्ने निर्णय गरेको छ।

मलेसियाले सीमित कम्पनीमार्फत कामदार भर्ना गर्दा अनुगमन, नियमन र लेखापरीक्षण सहज हुने तथा श्रमिकका गुनासा र श्रम विवाद छिटो समाधान गर्न सकिने तर्क दिएको छ। नेपालको प्रस्तावमा मलेसियाले आफ्नो पुरानै अडान कायम राखेको हो।

पत्र हेर्न यहाँ क्लिक गर्नुहोस्