११ कात्तिक, काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले पार्टीका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित नभएको बताएका छन् ।
बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सबै सांसदका गतिविधि व्यक्ति विशेषको नियन्त्रणमा नरहेको स्पष्ट पार्नुभएको हो । प्रत्येक सांसद आ–आफ्नो क्षमता, विवेक र बलबुताका आधारमा अघि बढिरहेको उहाँको भनाइ छ । सत्तारुढ दलका सांसदहरुले नै सरकारको आलोचना गरेको विषयप्रति उहाँले सरकारलाई सुझाव दिनु तथा भएका कमजोरी सुधार्न दबाब दिनु सरकार ढाल्ने प्रयासका रुपमा बुझ्न नहुने उहाँको भनाइ छ । उहाँले मुलुकको विकास हेर्ने चाहना राख्ने दलहरुले सरकार ढाल्ने गतिविधिमा लाग्नुभन्दा सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रतिपक्षी दलहरुले तिहार र छठपछि आन्दोलन गरेर सरकार ढाल्ने भन्दै सार्वजनिक रुपमा दिएका अभिव्यक्तिप्रति आपत्ति समेत जनाउनुभयो । सरकार पाँच वर्ष चलाउन जनताले झन्डै दुई तिहाइ मतसहित रास्वपालाई मत दिएको भन्दै कसैले चाहाना राख्दैमा सरकार नढल्ने उहाँको दाबी छ । उहाँले भन्नुभयो, ‘सरकारलाई सबै कुरा थाहा हुँदैन । सरकारसमक्ष केही कुरा पुर्याउनको लागि सत्तापक्षका सांसदहरुले पनि प्रतिपक्ष जसरी प्रश्तुत हुनुपर्छ । हामी सत्तापक्षका सांसदहरु त्यसैगरी बोलेको तपाईंहरुले देख्नुभएको छ नि ? त्यसकारण कुनै एक जनाको निर्देशनबाट पार्टीका सबैं सांसदहरु लागेका छैनन् । सबै आआफ्नो क्षमाता र बलबुतामा नै अगाडि बढिरहेका छन् । केही नेताहरुले सरकार आफैं फुटेर ढल्छ भन्ने कुरा गरेको पनि सुनिन्छ । यस्तो हुने कुनै सम्भावना छैन । पुराना पुस्ताका नेताहरुभन्दा बढी भोग्नुपर्ने त हामीहरुले छ नि । यो देश बन्यो भने दाईहरुलेभन्दा बढी मैले भोग्ने हो क्या । यदि मुलुकको विकास हेर्ने रहर छ भने हामी सरकार ढाल्न लाग्छौँ त ? सबैलाई झन मिलाएर लैजान्छौँ । गल्ती भएको कुरा सुधारेर लैजान्छौँ । कहिलेकाँही गल्ती भएको कुरा त सरकारले स्वीकारेको छ नि । हामीलाई जनताले पाँच वर्ष ढुक्कले सरकार चलाउ भनेर झन्डै दुई तिहाई मत दिएर पठाएको छ नि । त्यसकारण तिहार, छठपछि आन्दोलन गरेर सरकार ढालिदिन्छौँ भन्ने कुरामा मलाई चाँही विश्वास लाग्दैन । सरकार ढले हामी सत्तामा पुग्नसक्थ्यौँ भनेर उहाँहरुले कल्पना गर्ने कुरा स्वभाविक हो । तर हामीले देश चलाउनको लागि राजनीति गरेका हौँ सांसद र मन्त्री बन्नको लागि मात्र होइन ।’
उहाँले पार्टीभित्र विमति राख्ने र असन्तुष्ट पक्षलाई समेत समेटेर लैजान आफूहरु प्रतिबद्ध रहेको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar