|  

एनपीएलमा आज दुई खेलः जनकपुर-काठमाडौं र कर्णाली-विराटनगर भिड्दै

१२ कात्तिक, कामठाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज दिउँसो साढे १२ बजे भिड्नेछन्।

काठमाडौंका लागि यो प्रतियोगिताको पहिलो खेल हो भने जनकपुर यसअघि कर्णाली याक्ससँग पराजित भएको थियो।

आजै साँझ ५ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ। विराटनगर पनि यसअघि चितवन राइनोजसँग पराजित भएको थियो।