|  

चक्रवात ‘अर्नब’बाट भारतमा पाँच जनाको मृ#त्यु, लाखौँ एकड धानबाली प्रभावित

१२ कात्तिक, कामठाडौं ।  भारतको आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’का कारण पाँच जनाको मृत्यु भएको मुख्यमन्त्री एन .चन्द्रबाबु नायडूले पुष्टि गरेका छन्।

चक्रवात कमजोर भएर न्यून चापीय प्रणालीमा परिणत भए पनि आन्ध्र प्रदेश, ओडिसा र तेलंगानाका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ।

चक्रवातबाट आन्ध्र प्रदेशमा सबैभन्दा बढी क्षति पुगेको छ। कोनासीमा जिल्लामा मात्रै करिब ६ हजार बिजुलीका खम्बा ढलेका छन् भने तटीय क्षेत्रका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

आँधीले नरिवल, केरा, धान खेती तथा जलीय कृषिमा ठूलो क्षति पुर्‍याएको छ। अधिकारीहरूका अनुसार राज्यमा लगाइएको ३७.५३ लाख एकड धानखेतीमध्ये करिब २६ लाख एकड क्षेत्र चक्रवातको प्रभावमा परेको छ।