|  

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

१२ कात्तिक, कामठाडौं ।  साताको कारोबारको पाचौं दिन आज (बिहीबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा  ३०० रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला तीन हजार ९८० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार तीन हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।