|  

आईजीपीले बोलाए पीसीसी बैठक

१२ कात्तिक, कामठाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी प्रधान कार्यालयमा पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाएका छन्।

प्रहरी उच्च स्रोतका अनुसार बैठक आज दिउँसो २ बजे बस्नेछ । बैठकमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारी सहभागी हुनेछन्।

प्रहरीमा नीतिगत निर्णय तथा महत्वपूर्ण विषयमा छलफल गर्न पीसीसी बैठक बस्ने गर्छ । यद्यपि, यसपटक बैठक कुन विषयमा केन्द्रित हुने भन्नेबारे खुलाइएको छैन ।