१२ कात्तिक,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार बिहीबार बसेको संसदीय उपसमितिको बैठकमा अनुपस्थित भएका छन्।
एक महिलालाई लक्षित गरी आपत्तिजनक भाषा र धम्की प्रयोग गरेको भनिएको अडियो सार्वजनिक भएपछि पार्टीले उनीमाथि छानबिन थालेको छ। छानबिन नसकिएसम्म सुनारलाई औपचारिक तथा सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको छ। यही कारण उनी निर्वाचन प्रहरीको पोसाक खरिदमा भएको भनिएको अनियमितता छानबिन गर्न गठित उपसमितिको दोस्रो बैठकमा सहभागी नभएका हुन्। सिंहदरबारमा बसेको बैठकमा उपसमितिको कार्यविधिबारे छलफल भएको छ। सांसद मनिष झाको संयोजकत्वमा गठित नौ सदस्यीय उपसमितिले निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पोसाक खरिदसम्बन्धी उजुरी तथा विवरण अध्ययन गर्नेछ।
गत निर्वाचनमा करिब एक अर्ब रुपैयाँ पोसाकका लागि निकासा भए पनि कमसल सामग्री उपलब्ध गराइएको आरोप उठेको थियो। यस विषयमा सांसद सुनार स्वयंले निरन्तर प्रश्न उठाउँदै आएका थिए।उपसमितिलाई दुई महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। कार्यविधिअनुसार कात्तिक ३० गतेसम्म प्रारम्भिक अध्ययन सम्पन्न गर्ने तयारी छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar