|  

आरोप लाग्दैमा कसैलाई दोषी करार गर्न मिल्दैनः मनिष झा 

१२ कात्तिक, कामठाडौं । सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन समितिका संयोजक मनिष झाले आरोप लाग्दैमा कसैलाई दोषी करार गर्न नमिल्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै झाले दोषी ठहर गर्ने वा अधिकारीमाथि कारबाहीको निष्कर्ष निकाल्न नसकिने बताएका हुन् ।

झाले भने, ‘हामी पहिला एजेन्डा तय गर्छौँ, त्यसपछि छलफलमा जान्छौँ, त्यसपछि अध्ययन गर्छौं, त्यसपछि निष्कर्ष हुन्छ, त्यसपछि निर्णय हुन्छ । अध्ययन, अनुसन्धानअघि नै कुनै व्यक्तिले गल्ती गरेको निष्कर्ष निकाल्नु पूर्वाग्रही सोच हुन्छ ।’

संयोजक झाले आफूहरूले प्रतिवेदन लेख्ने र सिफारिस गर्ने भए पनि कारबाहीको निर्णय गर्ने अख्तियारी नभएको बताए ।