१२ कात्तिक,काठमाडाैं । इङ्लिस ब्याटर मोइन अलीको अलराउण्ड प्रदर्शन प्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा पहिलो जित निकालेको छ ।
हारबाट सिजन शुरुवात गरेको जनकपुरले बलिङ र ब्याटिङमा सुधार गर्दै तेस्रो पहिलो जित रचेको हो । कीर्तिपुरमा बिहीबार भएको खेलमा जनकपुरले काठमान्डु गोर्खाजमाथि आठ विकेटको फराकिलो जित निकाल्यो । जनकपुरको जितमा अनुभवी मोइन अलीले अलराउण्ड प्रदर्शन गरे । साथै जनकपुरले बलिङमा पनि उत्कृष्ट प्रदर्शन ग¥यो । त्रिवि क्रिकेट मैदानमा काठमाण्डु गोर्खाजले ११६ को झिनो लक्ष्य दिएको थियो । जनकपुरले उक्त लक्ष्य १७.२ ओभरमा मात्र दुई विकेटको क्षतिमा भेट्टायो । जनकपुरले पहिलो खेल कर्णालीसँग हार व्यहोरेको थियो भने काठमान्डुको पहिलो खेल हो । तर दोस्रो खेलमा नै पहिलो संस्करणको च्याम्पियन जनकपुरले जित रच्यो । जनकपुर जितमा मोइन ५८ रनमा अविजित रहे ।
उनले तेस्रो विकेटका लागि हसन अलीसँग ७९ रनको अविजित साझेदारी गरे । हसन ४० रनमा अविजित रहे । मोइनले ५१ बलमा समान तीन चौका र छक्का हिर्काए । हसनको इनिङमा एक चौका र तीन छक्का रह्यो । त्यसअघि जनकपुरको सुरुआत पनि राम्रो हुन सकेन । ओपनर तृतराज दास ५ रनमा दोस्रो ओभरमै आउट भए । काठमाण्डुका रिपोन मण्डलले तृतराजलाई स्मित पटेलबाट क्याच गराउँदै राम्रो सुरुआत दिलाए । तर अर्को छेउबाट मोइनले इनिङ अगाडि बढाए । उनले दोस्रो विकेटका लागि मायन यादवसँग ३० रनको साझेदारी गरे । तर छैटौं ओभरमा मायन ९ रनमा रनआउट हुन पुगे । यद्यपि मोइनले तेस्रो विकेटका लागि सइफसँग अविजित साझेदारी गर्दै सहज जित दिलाए ।
काठमान्डुका ९ बलरले बलिङ गरे पनि झिनो लक्ष्य जोगाउन सकेनन् । टस जितेर पहिले ब्याटिङ गर्ने काठमान्डुको निर्णय सही साबित भएन । खराब सुरुआत गरेको काठमान्डु १९.३ ओभरमा ११५ रनमा नै अलआउट भयो । तेस्रो ओभरमै दुई विकेट गुमाएको काठमान्डु सुरुदेखि दबाब रह्यो ।
यसपछि काठमान्डु समालिन नै सकेन । मध्य क्रमका भीम सार्कीले ३३ रन बनाए । यो नै सर्वाधिक ठुला व्यक्तिगत रन रह्यो । मध्यम गतिका १७ वर्षे युवा बलर राहुल यावदले जनकपुरलाई राम्रो सुरुआत दिलाए । उनले दोस्रो ओभरमा साम हेजलेटलाई १ रनमै आउट गरे । तेस्रो ओभरमै हरिशंकर साह ९ रनमा दोस्रो विकेटका रूपमा आउट भए । सइफ हसनले उनलाई अनिल साहबाट क्याच गराउँदै काठमान्डुलाई दबाबमा राखे । काठमान्डुले तेस्रो विकेट पनि छिटै गुमायो ।
अर्का ओपनर स्मित पटेललाई १३ रनमा राहुलले क्याच गराउँदै काठमान्डुलाई ठूलो संकटमा पारे । ५.१ ओभरमा काठमान्डु २९÷३ को नाजुक अवस्थामा पुग्यो । पावरप्लेमा काठमान्डुले ३६ रन मात्र जोड्न सक्यो । दबाबमा रहेको काठमान्डुले आठौं ओभरमा चौथो विकेट पनि गुमायो । अनुभवी स्पिनर मोइन अलीले रसिद खानलाई १७ रनमा पभेलियनको बाटो देखाए । शीर्ष चार ब्याटर आउट हुँदा काठमान्डुको खातामा ४७ रन थियो । यसपछि भीम र सुमित महर्जनबीच राम्रो साझेदारी बन्दै थियो । तर तालमेल नमिल्दा सुमित १० रनमै रनआउट हुन पुगे । पछि फेरि काठमाण्डु संकटमा प¥यो । यी दुईबीच पाँचौं विकेटका लागि २९ रनको साझेदारी बन्यो । यो नै सर्वाधिक ठूलो साझेदारी रह्यो ।
१५औं ओभरमा भीम पनि ३३ रनमा पभेलियन फर्किए । स्पिनर ललित राजवंशीले भीमलाई विकेटकिपर कुशल परेराबाट स्टम्पिङ गराए । ९२÷६ को अवस्थामा रहेको काठमान्डुको लगातार विकेट पतन भयो । कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । खातामा थप २३ रन जोड्दा बाँकी विकेट गुमाएपछि काठमान्डु सस्तैमा समेटियो । १७औं ओभरमा राहुलले काठमान्डुका कप्तान करण केसीलाई ८ र मोहम्मद आदिललाई शून्यमा लगातार आउट गरे । तर आफ्नो चौथो ओभर गरेका राहुलले ह्याट्रिक लिन सकेनन् । जनकपुरको बलिङमा राहुलले चार विकेट लिँदा ३१ रन खर्चिए । सइफको नाममा दुई तथा मोइन, कप्तान हरमित र ललितले समान एक विकेट दिलाए । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar